डिभर्नामा नेतृत्व बिकास तथा नागरिक शिक्षा अभियान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न (भिडियो, तस्बिर)
आषाढ़ २३ गते, २०७५ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको डिभर्नामा नेतृत्व विकास तथा नागरिक शिक्षा सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मिडिया नेटवर्कको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा सञ्चालित कार्यक्रमको उद्घाटन सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले गर्नु भएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै भुसालले विकास निर्माणमा जनसहभागिता आवश्यक भएको बताउनु भयो । उहाँले जनताले विकासको काम आफ्नै काम हो भनी सोचेर कसरि काम भैरहेको छ भनी रेखदेख गर्नु पर्ने बताउनु भयो । उहाँले सन्धिखर्क नगरपालिकालाई समृद्ध बनाउने आफुहरुको अभियानमा सबैले साथ दिनु पर्ने बताउनु भयो । सन्धिखर्क नगरपालिकाका उप–प्रमुख ठाकुर कुमार विकले नेतृत्व विकासमा आफुहरु आफै सक्रिय भएर अगाडी बढ्नु पर्ने बताउनुभयो । सन्धिखर्क नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोबिन्द केसीले नेतत्व विकास तथा नागरीक जागरणमा मिडियाहरुको भूमिका महत्वपूर्ण रहने बाउनुभयो ।
कार्यक्रममा भुमिकास्थान नगरपालिकाका शाखा अधिकृत खगेन्द्र मरासिनी, वडा नम्बर ११ का वडाअध्यक्ष धु्रब आचार्य, १२ का वडाध्यक्ष नारायण खड्का लगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण हृदय भुसाल, प्रेमनारायण आचार्य, गणेश खनाल, जनक गैरै लगायतले गर्नु भएको थियो । कार्यक्रम नेपाल मिडिया नेटवर्कका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षता, हृदयकुमार भुसालको सञ्चालन र प्रेमनारायण आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।