खनका एक युवाको कपिलवस्तुमा मोटरसाइकल दुर्घट्नामा परि मृत्‍यु

अर्घाखाँचीडट्कम संवाददाता 
बुटवल ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनका एक युवाको कपिलवस्तुमा मोटरसाइकल दुर्घट्नामा परि मृत्‍यु भएको छ । 
मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनका सरोज खनालको शुक्रबार राती १० बजे मोटरसाइकलमा कपिलवस्तुबाट बुटवल आउने क्रममा बिपरित दिशाबाट आएको ट्रकले ठक्कर दिदा घटनास्थलमा मृत्यु भएको हो । मृत्‍यु हुनेमा मोटरसाइकलको पछडि सवार मान बहादुर चौधरी पनि रहेका छन् ।  
सरोजका परिवार खनबाट बसाई सराईं गरि कपिलवस्तु कोपाहामा बस्दै आएका थिए । 
 सरोज आफन्तलाई सर्पले टोकेको खबर पाएपछि शुक्रबार साँझ कपिलवस्तुबाट बुटवल आँफैले मोटरसाइकल चलाएर आउने क्रममा उक्त दुर्घट्ना हुन पुगेको थियो ।
सरोजले केही समय देखि बुटवल-कृष्णनगर क्षेत्रमा यातायात ब्यबसाय गर्दै आएका थिए । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियण्त्रण लिएको बताएको छ ।  

अन्य समाचारहरु