अर्घाखाँचीकी लोक गायीका इन्दिरा गैरेको तीज गित कोरियन सारी बजारमा (भिडियो सहित)


प्रेमनारायण आचार्य
सन्धिखर्क १ साउन । हिन्दु नारीहरुको महान पर्ब हरितालिका तीजलाइ लक्षित गरि लोक गायिक इन्दिरा गैरेको तीज गित कोरियन सारी बजारमा आएको छ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वाड नम्वर २ सितापुरमा जन्मिएकी गैरेले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि कोरियन सारी तीज गित बजारमा लउन सफल हुनु भएको होे ।
मालति डिजिटल प्रा.लि.को प्रस्तुतीमा गायक खुमन अधिकारी र इन्दिरा गैरेको मौलिक तीज गीत ‘कोरियन सारी’ नामक शीर्षक दिएर बजारमा आएको छ । गीतकार शरद पाण्डेको उत्कृष्ट लय शब्दमा तयार पारिएको गीतको छायांकन दुर्गा पौडेलले गरेका छन ।
निर्देशक तथा मोडल काजिश श्रेष्ठले निर्देशन गरेको तीज गित  एकदमै उत्कृष्ट रहेको लोक पारखीहरुले बताएका छन । अञ्जली अधिकारी र सुमन परियारको अभिनयले गीतलाई पूर्णता दिने काम गरेको छ ।
गैरेको गत बर्षको  तीजमा मायाले खान दिन्न बरिलै तीज गित बजारमा आएको थियो । लोक गायीक गैरेका लोक गितहरु रात्री बस,  परदेशीको कहानी, लगायत गितहरु चर्चित रहेका छन । करिब एक दर्जन गीतमा आवाज दिएकी कलाकार गैरेले अर्को दोस्रो तिज गित जुल्फी लर्काउदै पनि बजारमा ल्याउने तयारी गर्नु भएको छ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा कलाकारहरुलाई भ्याइनभ्याइ हुन थालेको छ एक पछि अर्को गीत बजारमा आउने क्रममा रहेका छन ।