छत्रदेवका एकै रायमाझी परिवारको नक्कले भिनाजु भाग २ “चर्तीकला नक्कले”) म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
श्रावण ६ गते, २०७५ मा प्रकाशित
अर्घाखाँची डट्कम संवाददाता
छत्रदेव अर्घाखाँची (अर्घाखाँची डट्कम) । छत्रदेव गाउँपालिका ७ भगवतीको मडेल्चौलमा जन्मिएका एकै परिवारका ३ भाना विशाल रायमाझी ,हरिमाया रायमाझी र एलिना रायमाझीले नक्कले भिनाजु भाग २ चर्तीकला नक्कले कमेडी तिज गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।
गत वर्षको तिजमा नक्कले भिनाजुको अपार सफलता पछि यसपाली पनि नक्कले भिनाजु भाग २ बजारमा ल्याएका रायमाझी परिवारले यसपाली पनि राम्रो बजार पाउने भिडियोले देखाएको छ ।
गोर्खा चौतारी म्युजिक प्रालीले बजार व्यवस्थापन गरेको गितमा हरिमाया रायमाझीको शब्द र स्वर रहेको छ भने उनका भाई बिशाल रायमाझी र बिष्णु ठडराईले साथ दिएका छन ।
छोटो समय मै मोड्लिङ बाट एका एक चर्चित बनेकी परिवारकि एलिना रायमाझी र नायक जय किशन बस्नेतले डेब्यु गरि अभिनय रहेको म्युजिक भिडियोले राम्रो चर्चा बटुल्ने आकलन गरिएको भिडियोमा शिवम पोख्रेलको निर्देशन अजय रेग्मीको छायांकन र अभिनायक मान सेरचनले सम्पादन गरेका छन् ।