सन्धिखर्क स्थित शान्ति बगैंचामा वृक्षारोपण कार्यक्रम सम्पन्न नमुनापार्क बनाईने

शोभाखर पन्थी

सन्धिखर्क, (अर्घाखाँची डट्कम) सन्धिखर्क स्थित ऐतिहासिक शान्तिबगैंचामा आज बृक्षा रोपण गरिएको छ । 

सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार बि.क.किसोरले एक समारोहका बीच बृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभयो । 

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख भुसालले ऐतिहासिक शान्ति बगैंचा लाई देशकै नमुनापार्कको रुपमा बिकास गर्ने बताउनु भयो । उपप्रमुख ठाकुर कुमार बि.क.ले सन्धिखर्क नगरपालिका लाई स्वच्छ ,सफा र हराभरा बनाउने दृढता व्यक्त गर्नु भयो ।

बृक्षारोपण कार्यक्रममा नेकपाका नेताहरु छमकुमारी खनाल,रामबहादुर चौहान,प्रेमनारायण गैरे,नेपाली कांग्रेसका उपसभापति शान्ता भण्डारी , बगैंचा आधुनिकी करण समितिका अध्यक्ष नारायण बन्जाडे,उपाध्यक्ष नेत्र प्रसाद भट्टराई , सचिव श्री कृष्ण भुसाल ,सुन्दर कुवर,नारायण गैरे , समाजसेवि कबिराम खनाल लगायतका महानुभावहरुको उपस्थिति थियो ।

अन्य समाचारहरु