धारापानीको शान्ति मा.वि.र अन्नपूर्ण मा.विमा अखिल छैठौं अर्घाखाँचीको सचेतना अभियान कार्यक्रम सम्पन्न

Image result for सुन्दर धारापानी:
धारापानी
अर्घाखाँचीडट्कम संवाददाता 

धारापानी, अर्घाखाँची । सामाजिक अन्धबिस्वास र बिकृतिका बिरुद्ध सचेतना अभियान थालेको अखिल छैठौं अर्घाखाँचीले आज शान्ति मा.वि.र अन्नपूर्ण मा.वि.भुमिकास्थान धारापानीमा कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा छैठौंका जिल्ला सह–सचिव सन्देश खनाल,सदस्य र हिम्मत खनालले समाजमा घटिरहेका सामाजिक कु–प्रथा,बलत्कार,हत्या तथा लैङ्गिक हिंसा बिरुद्ध सचेतना मुलक मन्तव्य राख्दै सामाजिक बिकृतिका बिरुद्ध सचेतना छर्न विद्यालय र विद्यार्थी नै बलियो आधार भएकोले सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
आसन्न असौजको ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्ने तयारी गरेको अखिल छैठौंले सम्मेलनको पूर्व सन्ध्यामा सांगठानिक गतिबिधिको साथसाथै सामाजिक सचेतना अभियान पनि संचालन गरेको हो । विद्यालयमा बिषयगत प्रशिक्षण पछि आजै सम्पन्न सांगठानिक भेलाले जिवन परियारको अध्यक्षतामा ३३ सदस्यिय अखिल छैठौं शान्ति मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा दिपक थापा,सचिव भेषराज खत्री,सह–सचिव माधव भाट र कोषाध्यक्षमा संगिता भाट निर्बा्चित हुनुभएको छ ।
यस्तै भेलाले विश्व घ.म.को अध्यक्षतामा ४९ सदस्यिय अखिल छैठौं अन्नपूर्ण मा.वि. मुल इकाइ समितिको पनि गठन गरेको छ ।
 जसको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः बिशाल खनाल,मुना पौडेल,रेखा के.सी. र हिमाल रोकाया मगर निर्बा्चित हुनुभएको छ भने विजय घ.म.र इशा भाट सचिवालय सदस्यमा चयन हुनुभएको छ ।
अखिल छैठौंले यहि असौज २६,२७ र २८ गते झापाको बिर्तामोडमा २१ औं राष्ट्रिय सम्मेलनको आयोजना समेत गरेको छैठौं अर्घाखाँची अध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।