
अर्घाखाँची डट्कम संवाददाता
कपिलवस्तु ,(अर्घाखाँची डट्कम) भारतबाट रोजगारी गरि चाडवाड मनाउन घर फर्किने नेपालीहरुले कपिलवस्तुको कृष्णनगर नाकामा अनावश्यक चेकजाचले गर्दा सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।
नेपाल र भारततर्फ भइरहेको अनावश्यक चेकिङका कारण आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ । रोजगारीका लागि भारतका विभिन्न भागमा पुगेकाहरु अहिले दसैं मान्न घर फर्किंदै छन् ।
तर, सीमानामा सुरक्षाकर्मीले अनावश्यक दुःख दिएको गुनासो उनीहरुले गरेका छन् कृष्णनगरबाट मात्र अहिले दैनिक ८ सयभन्दा बढी नेपाली चाडबाड मनाउन घर फर्किने गरेका छन् ।
नेपालीहरुले ल्याएका लत्ता कपडा चेकजाँचको नाममा प्रहरीले खोलेर बिगारी दिने र फालिदिने गरेको उनीहरुको गुनासो छ । नेपाल प्रहरीले भने आफूहरुले यो नाका भएर फर्कनेलाई चेकजाँचका नाममा दुःख नदिएको दाबी गरेको छ ।
प्रहरीले नागरिक सहायता केन्द्र राखेर उनीहरुलाई सहयोग गरेको जनाएको छ । भारतले पनि सिमा क्षेत्रमा नागरिक सहायता केन्द्र राखेको छ ।



