शितगंगाकी लोक गायिका इन्दिरा गैरेको लाहुरे बजारमा

कमला पोख्रेल
सन्धिखर्क २५ असोज । हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभदिपावलीको अवसर पारेर राष्ट्रिय लोक गायिका इन्दिरा गैरेको नँया लोक दोहोरी  गित लाहुरे बजारमा आएको छ ।
विदेशिएका दाजुभाईहरुको घर फर्कने क्रम तिव्र बढेको आभास हामी सबैलाई हुन्छ चाडपर्वको यो खुशीयाली आफ्नो घरपरिवार तथा मायालुसंग साट्न पाउनु झनै रमाइलो हुन्छ । यस्तै भावलाई समेटेर चर्चित गायक खुमन अधिकारी र इन्दिरा गैरेको सुमधुर आवाजमा अत्यन्तै रमाईलो दोहोरी लाहुरे शिर्षकमा बजारमा आएको हो ।
अर्घाखाँचीको शितगंगामा जन्मिएकी इन्दिरा  जसमा नब सर्जक श्याम केसीको लय शब्द रहेको छ भने लगानी पनि श्याम केसी कै रहेको छ टंक केसीको छायाँकन , विकाश ज्ञवालीको सम्पादन , मदन खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतमा हेमन्त मेलिना , जगनारायण र सुदिक्षाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडीयो