
प्रेम खड्का
लोक शैलीमा निर्माण गरिएको यस गितको भिडियोमा कोरियोग्राफी सागर लामाको रहेको छ । भिडियो छायांकन बिनोद सापकोटाले गरेका हुन् भने सम्पादन भने शिव थापाले गरेका छन ।

रेशम थापाको कथा रहेको चलचित्रमा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । ज्योति फिल्मसको ब्यानरमा निर्माण भएको यस् फिल्मलाई चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म दिनेश सिंह ठकुरीको निर्देशनमा तयार भएको हो ।



