अर्घाखाँची डट्कम हेर्नुहोला खोजी खोजी (कविता)

डिआरजी सुमन
एकल यात्री

नेपालकै पहिलो हो नेता देखी जनता सम्म ।
शहर देखी गाँउ पुग्छ अर्घाखाँची डट कम ।।
सुचना,समाचार ,साहित्य र लाईभ मा पनि ।
सत्य तथ्य समाचार ल्याउछ छैन कतै कमी ।।

जनताको मन जित्दै गलतलाई उजागर गरी ।
विश्वास जित्न सफल भयो आज विश्वभरी ।।
लण्डनवाट सुरु भई काठमांडू र अर्घाखाँची ।
नेता जनता स्वदेश विदेश हेर्छन सधै हाँसी ।।

एकतीर जिल्लाको नाम अर्कोतीर गर्दै काम ।
कहिले काही विरोधीहरु गर्छन हाम्रै वदनाम ।।
थिएनन् कुनै अनलाईन २००६ को मितीसम्म ।
आज अर्घाखाँची डटकम् कसैभन्दा छैन कम ।।

मर्नै परे तिम्रै काखमा मर्छु सधै हाँसी हाँसी ।
प्रकृतिक सम्पदाले भरिपुर्ण छ अर्घाखाँची ।।
विश्वभरका सुचना र समाचारमा छैनौ कम ।
जनताको विश्वासीलो वनाउदै छौ डट कम ।।

गीतसंगीत,समाचार,साहित्य एवं मनोरंजन ।
अर्घाखाँची डटकमलाई नमानौ है अंजान ।।
सुझाव र सल्लाह मनन गर्छौ सोधी सोधी ।
अर्घाखाँची डटकम हेर्नु होला खोजी खोजी ।।

।। समाप्त ।।