सन्धिखर्कमा मासु ब्यवसायी संघ अर्घाखाँचीको एकदिने अभिमुखिकरण गोष्ठी सम्पन्न

कमल बिस्ट
सन्धिखर्क, अर्घाखाँची । वद्यशाला देखि भान्सा सम्म, भान्सा देखि मुख सम्म शुद्ध र गुणस्तरीय मासु पुर्‍याउने हेतुले मासु ब्यवसायी संघ नेपाल, अर्घाखाँचीले एकदिने अभिमुखिकरण गोष्ठी  सन्धिखर्कमा सम्पन्न गरेको छ । 
उपभोक्ता माझ स्वस्थ ,शुद्ध र गुणस्तरीय मासु कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा सबै मासु ब्यवसायीलाई जानकारी गराउने उद्देश्यले अभिमुखिकरण गोष्ठीको आयोजना गरिएको संस्थाका अध्यक्ष पुरन वर्माले बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी स.न.पा. १ का वडा अध्यक्ष युवराज बन्जाडे र विशिस्ट अतिथी सनपा २ का वडा अध्यक्ष मोतिजङ्ग रायमाझीले अन्य जिल्लाको तुलनामा अर्घाखाँचीमा मासु ब्यवसाय ब्यवस्थित हुँदै गएको भन्दै मासु जन्य बस्तु बाट निस्किएको फोहर ब्यवस्थापनमा केहि समस्या देखिएकोले यस्को उचित ब्यवस्थापनमा वडा हरुले मिलेर काम गर्ने साथै सबै ब्यवसायिले पनि ध्यान दुनुपर्ने बताए । कार्यक्रममा सहभागी ब्यवसायिले वद्यशालाको अभाव भएकोमा स्थानीय तहले ब्यवस्थित वद्यशाला निर्माणमा जोड दिनुपर्ने बताए ।
पशु सेवा विभागका पशु चिकित्सक बिस्णु पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा, पत्रकार महासंघ का प्रदेश पार्सद कमल बिस्ट , होटल ब्यवसयी संघ अर्घाखाँचीका अध्यक्ष नोलराज भण्डारी लगाएतले शुभकामना मन्तव्य राखे ।
कार्यक्रम संस्थाका अध्यक्ष पुरन बर्माको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष शिवराज बन्जाडेको स्वागत र महासचिव रामु केसिको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु