लुधियानामा पुष्कल शर्माले नेपालीहरुको पसिना कडाए


पशुपति श्रेष्ठ

भारत,लुधियाना (अर्घाखाँची डट्कम) चर्चित गायक तथा मोडल पुष्कल शर्माले भारतको पञ्जाव राज्य स्थित लुधियानाको चिसो मौसममा हजारौं दर्शकहरुलाई छमछमी नचाएर पसिना कडाए छन ।

सुपादेउराली टुर एण्ड ट्राभल्सले नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उदेश्य सहित आयोजना गरेको अङ्ग्रेजी नयाँ वर्ष साँस्कृतिक धमका २०१९ कार्यक्रममा आएका शर्माले म जिउन सक्दिन मुटु जलाई जलाई ….. हे माया आउछौ आउदिनौ पक्कै मर्छु म भेट्न पाउदिनौ … लगायतका आफ्ना चर्चित गितहरु गाएर उपस्थित नेपालीहरुको पसिना कडाएका हुन ।

सम्झी फर्क साईलो दाइ यहि आफ्नै घर प्रदेशमा साईलो दाई नगए हुन्नर ….. भन्ने बोलको गित गाएर वरिष्ठ गायिका बिमाकुमारी दुराले भारतनगर चौकमा अवस्थित गुरुनानक देव भवनको हलमा आसिन युवा युवती देखि लिएर वयस्कहरुलाई भावुक बनाईकी थिईन ।

कार्यक्रममा गायक दिपक गरौजा, राजेन्द्र कंडेल ,टिकाराम गौतम,नन्दु परियार,खुमन जोशी,दिपिका भुसाल डान्सर शिव क्षेत्री ,अनुष्का शर्मा हास्यकलाकार रामु बेल्बासे लगायतका कलाकारले नचाउने र हसाउने गरि हलमा खचाखच भरिएका नेपालीहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

तुल्सी पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ट्राभल्सले नेपाल भारत आवतजावत गर्ने यात्रुलाई सुविधा सम्पन्न गाडिमा नेपालका विभिन्न ठाउँमा सिधा आरामदायी यात्रामा कुनै पनि कसुर बाँकी नराखी जनतालाई सुविधा दिने नवनिर्वाचित अध्यक्ष प्रकाश परियारले बताए ।

विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरु पत्रकार डिआरजि सुमन ,अर्जुन खनाल,पशुपति श्रेष्ठ लगायत भारतका विभिन्न राजनीतिक दलका नेताहरुको आथित्यता रहेको साँस्कृतिक कार्यक्रमको सञ्चालन गोविन्द परियारले गरेका थिए ।