अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची माघ १९ । जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालयले दिने कामका बारे जनतालाई जानाकारी दिने उद्देश्यले अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ मा अबस्थित गाैरा माध्यमिक विद्यालय रजियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख सुर्य अधिकारिले अदालत भन्न बित्तिकै मानिसहरुले त्यस कार्यालयमा जान अफ्ट्यारो मान्ने न्यायाधीश संग डराउने प्रवृत्ति बिधमान रहेको अबस्थामा गाउँका जनता बिच न्यायाधीश आएर आफ्नो कार्यालयले दिने सेवाका बारे जानाकारी दिंदा अदालत प्रतिको धारणा नै परिबर्तन गरेको बिचार ब्यक्त गर्नु भयो ।उहाँले अदालत जाँदा धेरै पैसा खर्च हुन्छ भन्ने आम मानिसमा धारणा रहेको र झण्डै ४० प्रकारका निवेदन नै अदालत भित्रबाट निशुल्क हुने कुरा सुन्दा अचम्मित भएको बताउनु भयो। यस प्रकारको कार्यक्रमले अन्य कार्यालयमा जाँदा भन्दा अदालतमा जाँदा अत्यन्तै सजिलो हुने कुराले अदालत प्रतिको बिश्वास बढने उहाँको ठम्याई थियो।
माननीय जिल्ला न्यायाधीश श्री रामचन्द्र पौडेलको अध्यक्षता,सुचना अधिकृत टेकराज गैरेको संचालनमा भएको सो कार्यक्रममा जिल्ला अदालतका बारे जिल्ला न्यायाधीश रामचन्द्र पौडेल ,जिल्ला सरकारी वकिल कार्यालयका बारे सहायक न्यायाधिवक्ता हरि प्रसाद घिमिरे र इलाका प्रहरी प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक गणेश बहादुर नरालले आ आफ्नो कार्यालयले गर्ने कामको बारेमा जानाकारी दिनु भएको थियो।
कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष बाबुराम गैरे, जिल्ला अदालत अर्घाखाँचीका श्रेष्तेदार गम्भीर घिमिरे ,बार इकाईका अध्यक्ष टंक प्रसाद पोखरेल प्रहरी निरीक्षक गणेश बहादुर नराल ,गौरा मा बि का प्रधानाध्यापक डिलाराम पौडेल ,बैतनिक वकिल( जिल्ला अदालतमा निशुल्क कानुनी लेखक सल्लाहकार ) इन्दु पाण्डेय लगायतको उपस्तिथि रहेको थियो।सो अबसरमा श्रेस्तेदार श्री गम्भीर घिमिरे र सहायक जिल्ला न्याधिबक्ता हरिप्रसाद घिमिरेले कार्यपत्र प्रस्तुतीकरण गर्नु भएको थियोे।
कार्यक्रममा अधिबक्ता श्री टीका भुसाल लगायत कार्यक्रमका अथितीहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो । करिब ११० जना सहभागीहरुले १२ बजे देखी ४.३० सम्म चांसोका साथ कार्यक्रममा भाग लिइ जिज्ञासा राख्नु भएको थियोे ।