अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची माघ १९ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा “रिटर्नी माइग्रेन नेपाल ” अर्घाखाँचीको भेला सम्पन्न भएको छ ।
वैदेशिक रोजगार बाट फर्केर नेपाल मै केही गर्नुपर्दछ भन्दै “रिटर्नी माइग्रेन नेपाल ” अर्घाखाँचीको आम भेला जिल्ला संयोजक वसन्त केसीको अध्यक्षतामा सम्पन्न भएको हो ।
वैदेशिक रोजगार बाट फर्केरका नेपालीहरुले बोकेर आएको अनुभव , सीप र क्षमता लाई जिल्लामै प्रयोग गर्ने उदेश्यले “रिटर्नी माइग्रेट नेपाल ” अर्घाखाँची जिल्लाले आम भेला गरेको हो । भेलामा वैदेशिक रोजगारबाट नेपाल फर्केर साथी होटल प्रा. लि. संचालन गरेर बसेका राजेन्द्र जिसी, लिल बहादुर बिक, राजेन्द्र जिसी, नारायण पौडेल, रामु गैरे लगायतले मन्तब्य राखेका थिए ।
रामु गैरेको संचालनमा सम्पन्न भेलामा झन्डै २ सय युवायुवतीहरुको सहभागीता रहेको थियो ।