अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको समस्या र सम्भावना सम्बन्धी भेला काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय सभाका सांसद चन्द्र बहादुर खड्का ” उज्ज्वल ” ( बागी ) , नेपाल सरकारका सहसचिव एवम सुचना प्रसारण बिभागका महानिर्देशक बालकृष्ण घिमिरे ( मैदान ) , बरिस्ठ पर्यटन ब्यबसायी एबम NATTA का अध्यक्ष CN पाण्डे ( भगवती ) , नेपाली कङ्ग्रेस अर्घाखाँचीका क्षेत्रीय सचिव एवम शेयर विशेषज्ञ तारा फुल्लेल ( मरेङ्ग) , युवा समाजसेवी सल्लाहकार कार्यक्रमका अध्यक्ष नारायण पौडेल ( अर्घा) , समाजसेवी केपि घिमिरे ( खन ) , युवा सामाजसेवी शिबदेव पाण्डे ( ठुलापोखरा ) नायक मुकुन भुसाल ( सन्धिखर्क ), अर्घाखाँची कलाकार समाज काठमाडौका अध्यक्ष मधुसूदन बन्जाडे ( ठुलापोखरा ) , मोडल किस्न सापकोटा ( बल्कोट ) त्यसैगरि सल्लाहकार मनोज आचार्य ( मरेङ्ग ) , बुद्दिजिवी शिव पाण्डे ( केरुङ्गा ) , युवा मोटिभेसनल स्पिकर एवम कार्यक्रम सन्चालक केपि भुसाल ( धारापानी ) , जिल्लाबाट कार्यक्रमको सम्पुर्ण ब्यबस्थापन र आयोजनामा प्रमुख सहयोग गर्ने अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिश्नु बेल्बासे, पत्रकारिता प्रशिक्षक द्वय कुशल भुसाल र ओसन घिमिरे लगायत रास्ट्रसेवक कर्मचारीहरु, बिद्वान, ब्यबसायी, कलाकार लगायतको सहभागीता रहेको थियो ।








