नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीकाे १२ औ जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएकाे छ । सन्धिखर्कमा सम्पन्न अधिबेशनले धुर्व केसीकाे अध्यक्षतामा सर्बसम्मत रूपमा २८ सदस्यीय जिल्ला कार्य समितिकाे गठन गरेकाे छ । जसको उपाध्यक्षमा खिमानन्द खनाल, महिला उपाध्यक्ष सीता बन्जाडे, सचिव पान बहादुर खत्री, सह सचिव बिमला पाण्डे, काेषाध्यक्ष नेत्र पाेख्रेल र सह काेषाध्यक्षमा सीता क्षेत्री रहेका छन् । अधिवेशनकाे संगठनका केन्द्रीय उपाध्यक्ष बद्री अालम खानले उद्घाटन गरेका थिए ।
बसन्त श्रेष्ठ ‘छापेली’ / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीको अध्यक्षमा धुर्वबहादुर खत्री सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । सन्धिखर्कमा सम्पन्न १२ आँै जिल्ला अधिवेशनबाट अध्यक्षका आकांक्षी दिनामणी वेल्बासेले सहमतिको लामो प्रयासपछि पछाडी हटेपछि खत्री सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो ।
अधिबेशनले धुर्व के.सीको अध्यक्षतामा २८ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा खिमानन्द खनाल, महिला उपाध्यक्षमा सीता बन्जाडे, सचिवमा टान बहादुर खत्री, सह–सचिव बिमला पाण्डे, कोषाध्यक्षमा नेत्र पोख्रेल र सह–कोषाध्यक्षमा सीता क्षेत्री रहनु भएको छ ।
कार्यक्रम जिल्ला अधिवेशन संयोजक तथा केन्द्रीय सदस्य यकदेव पन्थीको अध्यक्षता र धुर्व केसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन शत्रमा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष बद्री आलम खाँ ले सरकारले सम्मृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा गर्न शिक्षामा लगानी गर्नु पर्ने बताउनु भयो । उहाँले शिक्षा नीति र शिक्षा ऐन जनपक्षिय र पेशागत संघ संगठनको हितमा वनाउन सरकार र स्थानीय तहलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य लिला आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश सदस्य नरेन्द्र कुमार क्षेत्री, नेकपाका नेता जनार्दन खनाल, अधिवेशन व्यवस्थापन समितिका संयोजक तथा निबर्तमान अध्यक्ष बाबुराम आचार्य, निजामति कर्मचारी संगठनका अध्यक्ष गोविन्द केसी, नेरासिसंघ पाल्पाका अध्यक्ष रामप्रसाद ढकाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका युवराज भुसाल, नेपाल शिक्षकका संघ जिल्ला उपाध्यक्ष शारदा भट्टराई, अखिल नेपाल शिक्षक संगठनका दल बहादुर के.सी, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भयको थियो ।
सोही अवसरमा सेवा निबृत्त भएका शिक्षकहरुलाई दोसल्ला ओडायर सम्मान गरियको थियो । अधिबेशनका प्रमुख अथिति खाँ लाई छुट अस्थाई करार शिक्षक संगठनका जिल्ला अध्यक्ष राम बहादुर बस्नेतले केन्द्रीय उपाध्यक्ष सामु ज्ञापन पत्र बुझाउनु भयको थियो ।