अर्घाखाँचीडट्कम संवाददाता
पटाैटी अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ४ पटाैटीको स्वास्थ्य चाैकीमा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।
राेटरी क्लब बुटबल र इनरहल क्लब अफ बुटबलकाे संयुक्त आयाेजनामा सम्पन्न स्वास्थ्य शिविरमा लगभग ४०० जना महिलाहरूले स्वास्थ्य परिक्षण गराएका थिए ।
स्वास्थ्य शिविरमा बुटवलबाट डा. मनाेहर जाेशीकाे नेतृत्वमा आएका २५ जना स्वास्थ्यकर्मीकाे समुहले स्वास्थ्य चेकजाँच गरेका थिए । स्वास्थ्य शिविरकाे पाणिनी गाउँपालिका उपप्रमुख लक्ष्मि गाैतमले उद्घाटन गरेकी थिईन् ।
स्वास्थ्य शिविर कार्यक्रममा राेटरी क्लव बुटबलका अध्यक्ष नारायण पन्त, ईनराेवील क्लब बुटवलका अध्यक्ष मुना जाेशी, पटाैटी-रूपन्देही संपर्क समाजका संरक्षक यादप घिमिरे, अध्यक्ष धर्मराज घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
वार्ड अध्यक्ष थानेश्वर घिमिरेकाे अध्यक्षता, स्वागत स्वास्थ्य चाैकीका ईन्चार्ज गणेश घिमिरे र पटाैटी रूपन्देही सम्पर्क समाजका सचिव ठाकुर घिमिरेकाे सञ्चालनमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको थियो ।
तस्बिरहरु: सौर्य नारायण न्यौपाने / फेसबूकबाट