निर्मलाका हत्यारालाई कारवाही माग गर्दै सुन नेता सुन गित बजारमा


प्रेमनारायण आचार्य
सन्धिखर्क २० माघ । लोक गितबाटै निर्मला पन्तका हत्यारालाइ कारवाही गर्न गायक अर्जुन भुसालले माग गरेका छन ।
राजतन्त्र हटाएर गणतन्त्र र संविधान आएपछि जनताको अधिकार आएको भनेपनि नेताहरुको ढाकछोप र दण्डहिनताका कारण निर्मलाका हत्यारालाइ कारवाही हुन नसकेको बताएका छन ।
उनले हालै निकालेको निर्मला पन्तको बारेमा निकालेको सुन नेता सुन बोलको गितमा नेताहरुले आफ्नो चरित्र सुधार्न र गुन्डा गर्दी अत्याचार र बलत्कार नरोकेमा देस भित्र लुक्ने ठाउ नपाउने त्यस्ता नेतालाइ जनताले बहिस्कार गर्ने समेत चेतावनी दिएका छन ।
अर्घाखाँचीको छत्रदेव गाँउपवालिका वाड नम्वर ४ केरुंगामा जन्मिएका लोक गायक अर्जुन भुसालको यस गितमा कलाकारहरु कमल पौडेल, अमितबाबु रोकाया, खेमराज रेग्मी, इन्द्र सुसिल बन्जाडे र जमुना श्रेपालीले साथ दिएका छन ।
गायक भुसालले नेपाल आमा,  तगारो,  दिलमाया पागल भाछु,  झल्को मेट्न लाइ,  तिज गीत मादलु , अन्तीम सास  लगायतका गितहरु निकालि सकेका छन ।