सुर्य भुसाल
खन, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले जनताको सेवालाई मध्यनजर गर्दै विभिन्न खालका अभियान लिएर जनता को माझमा पुगेर सेवा दिने कार्यलाई निरन्तरता दिएको गाउपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
गाउँपालिकाका सबै वार्डहरुमा पुगेर योजनाहरु को उपभोक्ता हरु सग सम्झौता गर्ने बैकिङ खाताहरु खोल्ने काम मालारानि को सबै वार्ड मा सम्पन्न गरेपछि अहिले सनिश्चवार पनि दिनभर वार्ड नम्बर ६ मा उखु पेल्ने मेसिन खाडल खन्ने मेसिन मकै छोडाउने मेसिन महिला स्वास्थ्य सयम सेबिका हरुलाई दराज बितरण दुनाटपरि खुट्ने मेसिन बितरण गरेको मालारानि गाउपालिका का अध्यक्ष अाचर्यले ले बताउनु भयो ।
सबै गाउपालिका बाट हुने सबै सेबा सुविधाहरु गाउँ टोलमा पुगेर घरदैलो अभियान यश भन्दा अगाडि सुरु गरिएको र त्यो निकै प्रभाबकारि भएको र जनता निकै खुसि भएको महसुस अाफुहरुले गरेको प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र मरासिनि ले बताउनु भयो ।नेपाल सरकारको नीति अनुसार सनिश्चवार बिदाको दिन नभनि गाउटोटमा सेवा लाई निरन्तरता दिने उदेश्य अनुरुप अाफुहरुले विभिन्न खालका अभियान सुरु गरेको र त्यसबाट जनताहरु निकै उत्साहित भएको प्रमुख प्रसासकिय अधिकृत मरासिनीले बताउनु भयो ।
गाउँपालिकाले गरेको यस्तो निर्यण ले जनताहरु लाई राहात को महसुस भएको छ । मालारानि ले अहिले सम्म ९५प्रतिसत योजना का कामहरु सम्झौता गरिसकेको छ ।
उपाध्यक्ष प्रमिला क्षेत्री प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र मरासिनि योजना अधिकृत नेत्र खनाल हरिषचन्द पान्डे कृस्न पान्डे कार्यलयमा कर्मचारी हरु वार्ड अध्यक्ष लगाएतका लगाएतका जनप्रतिनिधि हरुको सहभागी ता रहेको थियोे ।