सन्धिखर्क नगरपालिकाद्वारा कृषिकहरुलाई क्यान वितरण (तस्बिर सहित)

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची १९ फागुन । सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले प्रतक्षय अायअार्जन गर्ने खालका रोजगारि मुलक र सीप मुलक कार्यक्रमहरु अगाडि बढाउने र दूध दहि ध्युमा अात्म निर्भर नगरपालिका बनाउने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका पशु- स्वास्थ्य शाखाले अायोजना गरेको दूध किषानहरु का लागि क्यान बितरण गर्दै नगरप्रमुख भुसालले सीप तथा ब्यबसाहिक गाई भैंसी पालन गरि दूध घ्यु बाट अात्म निर्भर बन्न अाग्रह गर्नु भयो । भुसालले हराभरा नगरपालिका बनाउने अभियानमा लाग्न नगरबासिलाई अाग्रह गर्नु भयो । कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिकले सीप मुलक तालिम अहिले को मुख्य अावश्यकता भएको बताउदै कृर्षिको क्रान्ति बिना नगर को अार्थिक उन्नति हुन नसक्ने बताउनु भयो ।
उहाले तालिममा सिकेका कुरा ब्यभारमा लागू गरि अायअार्जन तथा ब्यबसायिक किसान बन्न अाग्रह गर्दै हराभरा नगरपालिका बनाउने माहान अभियान मा लाग्न अाग्रह गर्नु भयो । ठाकुर कुमार बिकले ब्यबसाहिक किषान हरुको समस्या लाई समधान गर्न नगरपालिका तयार रहेको बताउनु भयो । 
कार्यक्रममा नगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख राधा पान्डे लगाएतले दूध किषानहरु को सहभागी ता रहेको थियो।

अन्य समाचारहरु