अर्घाखाँचीडट्कम संवाददाता
पन्जाब, भारत । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर -७ नुवाकोट पानडाँडाका एक युवाको भारतको पंजाबमा बेवारिसे अवस्थामा शब फेला परेको छ ।
पानडाँडाका ३७ वर्षिय सुमन शारु मगरको शब भारत राज्यको पन्जाब फुरा बथिड़ा ढुडे जिल्लामा बेवारिसे अवस्थामा भेट्टिएको हो । मृतक सुमन शारुको हत्या भएको हुन सक्ने स्थानिय नेपालीहरुले आशंका गरेका छन् ।
उनको शव पोस्टमार्टमको लागि स्थानिय अस्पातलमा प्रहरीले लगेको छ । घटनाको स्थानिय प्रहरीले अनुसन्धान भईरहेको बताएको छ ।
उता सुमन शारु गत महिना पंजाबमा कामको सिलसिलामा गएका थिए । उनका श्रीमती र प्रदिप भन्ने एक छोरा, दुई छोरी रहेका छन् । भने श्रीमती देवकला शारु मगर रोजगारीको शिलशिलामा युएईमा छिन् ।
स्थानिय नेपालीबासीहरुले उपयुक्त छानविन र अनुसन्धानका लागि स्थानिय प्रहरीलाई दवाव दिएका छन् । साथै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अनुसार शुक्रबार दाहसंस्कार गरिएको छ ।