बिन्दुको हाम्रो माया जिन्दावादलाई पनि दर्शकको अपार साथ (भिडियो सहित)
चैत्र ९ गते, २०७५ मा प्रकाशित
प्रकासित मिती: ४ चैत्र, २०७५
कमल बिष्ट
४ चैत्र, २०७५ । पछिल्लो समय सर्वाधिक चर्चामा रहेकी गायिका बिन्दु परियारको स्वमा रहेको अर्को गीत ” हाम्रो माया जिन्दावाद ” ले नेपाली संगीत प्रेमीहरूको अत्याधिक माया पाएर युट्यूब ट्रेडिङको १ नम्मरमा उक्लने होडमा छ ।
साङ्गितिक यात्राको शुरूवातमा नै ठुला पर्दाका सफल चलचित्रमा सर्वाधिक रुचाइएका गित पर्ख पर्ख मायालु,पहिलो नम्बरमा लगाएत कहि समय अगाडि घरबार र अन्य धेरै गीतहरू अत्याधिक रुचाइएका गीतहरू हुन। एक पछी अर्को सफलता प्राप्त गर्दै गएकी उनै गायिका बिन्दु र कलाकार शिशिर भण्डारीको स्वर रहेको अहिले भर्खरै सार्बजनिक गरिएको गीत “हाम्रो माया जिन्दाबाद !” बोलको गीत ४८ घण्टा नबित्दै trending-2 मा आइपुग्न सफल भएको छ।यस गीतमा शिशिर भण्डारीको शब्द,दीपक शिलवालको संगित रहेको छ।
टिक टकमा भाइरल जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सिको साथमा शिशिरको अभिनय रहेको पहिलो भिडियो ‘हाम्रो माया जिन्दावाद!’लाई अत्याधिक दर्शकले रुचाएका छन् । नवराज उप्रेतीको छायांकन, सुरेन्द्र बसेलको निर्देशन रहेको छ ।
उनको सफलतामा उन्को श्रीमान सफल युवा सङ्गितकार सुदिप सागरले पनि खुलेर साथ दिएको देखिन्छ, जीवनसाथी पनि साङ्गितिक क्षेत्रको भएकाले यात्रामा झनै सहजता भएको बिन्दु परियार बताउछिन, आफुलाई सफल बनाउन स्रोताले दिएको अपार मायाले झन मेहनत गर्न हौसला थपेको उनको भनाइ छ ।