सन्धिखर्क नगरपालिकालाई अखिल नेपाल ट्रेडयुनियन महासंघले ज्ञापन पत्र बुझायो

अभिनव चौहान
सन्धिखर्क  चैत्र १२, अर्घाखाँची – हिजो एक कार्यक्रमका बीच अखिल नेपाल ट्रेडयुनियन महासंघले नेपाल सरकारले पारित गरेको २०७४ मजदुर ऎन यथासिघ्र लागु गर्नु पर्ने भन्दै सन्धिखर्क नगरकार्यापालिकाका मेयर कमल प्रसाद भुसाल र उपमेयर ठाकुर कुमार बि .क (किशोर )लाई ज्ञापन पत्र बुझाएको छ।
श्रमलाई घृणा होईन सम्मान गरौं मजदुरहरु राष्ट्र निर्माता हुन भन्ने मुल नाराका साथ सुरु भएको २०७४ मजदुर ऎन सम्बन्धि नगरपालिकाको ध्यानाकर्षण गराउनको लागी ज्ञापन पत्र बुझाइएको हो।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका अन्तरगत कृयाशिल अखिल नेपाल ट्रेडयुनियन महासंघको आयोजनामा सोही संघका जिल्ला अध्यक्ष काजीमान रायमाझी , उपाध्यक्ष ईमानसिंह नेपाली , सचीव सञ्जु नेपाली लगायत उक्त महासंघको नगरसमितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।
यदि ज्ञापन पत्रमा उल्लेख गरेको आफ्नो मागहरुलाई सन्धिखर्क कार्यापालिकाले लागु गर्न ढिला सुस्ती वा बेवास्ता गरेको खण्डमा मजदुरको हक हितको लागी नेपाल सरकारले पारित गरेको कानुनमा रहि हामी कडा रूपमा प्रस्तुत हुने कुरा ट्रेडयुनियन महासंघका जिल्ला अध्यक्ष काजीमान रायमाझीले जानकारी दिनु भएको छ।