अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची चैत्र २० । जिल्ला स्तरिय सार्वजनिक खरिद कानुनको कार्यन्वयनमा देखीएका समस्या र चूनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाण्डौको आयोजनामा भएको हो ।
कार्यक्रममा खरिद प्रक्रिया मिचेर काम गर्दा राज्यलाई ठुलो घाटा हुने भन्दै अर्घाखाँचीमा सरकारी निकायका कार्यालय प्रमुख र लेखा प्रमुखहरुलाई सर्तक रहन आग्रह गरिएको छ ।
कार्यक्रममा खरिद अनुगमन निर्देशक डिलाराम गिरि, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, सितगंगा नगरपालीका प्रमुख प्रशासकिय अधिकृत नारायण भण्डारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, निर्माण व्यवसायी समितीका अध्यक्ष ऋषिराम अधिकारी लगायतले मन्तव्य राख्नु भएको छ ।
डिलाराम गिरिको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रममा जिल्ला स्थिती सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालय तथा स्थानीय तहका प्रमुख र लेखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।