श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची चैत्र, २१ – एनआईसी एसीया बैंक शाखा कार्यालय सन्धिखर्कले बैंकको २२ औं स्थापना दिवसको अबसरमा बुधबार सदरमुकाम सन्धिखर्कमा प्रोडक्ट लन्च कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी आफ्ना ग्राहक तथा स्थानियहरुलाई मुद्धति र बचत खातामा बिभिन्न २२ वटा चमत्कारी फाईदाहरु भएको खाताको बारेमा जानकारी गराएको हो ।
बैंकले स्थापना दिवशको अबसरमा १ लाख बराबरको बचत खाता खोल्दा १५ लाख बराबरको दुर्घटना बिमा, १५ लाख बराबरको खाता खोल्दा १८ वटा घातक रोगहरुको बिमा र १ लाख ५० हजारको खाता खोल्ने ग्राहकहरुलाई सामान्य औषधी उपचार सुबिधा दिने नयाँ योजना रहेको जनाएको हो ।
यस्तै बैंकले चमत्कारी बाबुनानी बचत खाता,बिद्यार्थी बचत खाता, तलब बचत खाता,नारी बचत खाता,जेष्ठनागरीक बचत खाता लगायत आफ्नो प्रोडक्टको बारेमा जानकारी समेत गराएको थियो । बैंकका सम्बन्ध प्रबन्धक कृष्ण प्रसाद भुसालको सन्चालन र शाखा प्रबन्धक कृष्ण पौडेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग बाणीज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले शुभकाकना मनतब्य राख्नु भएको थियो ।
७ बर्ष अघि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा ब्रान्च स्थापना गरी सेबासुबिधा दिदै आएको बैंकमा हाल ८ हजार भन्दा बढी ग्राहकहरु रहेको शाखा प्रबन्धक पौडेलले बताउनु भयो । केही दिनमै जिल्लाको अड्गुरीमा शाखा रहित कार्यालयको स्थापना गरीने समेत बैंकले जनाएको छ । बैंकमा देशभरमा १५ लाख भन्दा बढी ग्राहकहरु रहेको बैंकले जनाएको छ ।
यसैबिच बैंकले सामाजीक उत्तरदायीत्व कार्यक्रम अन्तरगत गत फाल्गुण ७ र ८ गते सन्धिखर्कमा आँखाको मोतीबिन्दुको अप्रेसन गरेका बिभिन्न २५ जना ब्यक्तीहरुको लागी रु. ७० हजार नेपाल नेत्रज्योती संघ अर्घाखाँचीका अध्यक्ष दलबहादुर केसीलाई हस्तान्तरण समेत गरेको हो ।