सन्धिखर्क नगरपालिकाद्वारा याेजनाहरुकाे अनुगमनलाई तिब्रता, २ र ८ मा अनुगमन सम्पन्न

गाेपाल भट्टराई 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाबाट बिनियोजन भएका योजनाहरुको अनुगमनलाई नगरपालिकाले तिब्रता दिएको छ । 
उपभोक्ता समितीहरु संग गुनासो सुन्ने,सुझाब दिने काम गर्दै अगाडि बढेको अनुगमन समितीले केही योजनाहरुको काम आर्थिक बर्षको दोस्रो चौमासीक सकिंदा समेत सुरु नभएकोले यथासक्य काम गर्न निर्देशन दिएको सन्धिखर्क नगर उप–प्रमुख ठाकुर कुमार बि.क.ले बताउनु भएको छ ।
सन्धिखर्क–२ र ८ मा संचालित विभिन्न योजनाहरुको अनुगमन गर्दै नगर उप–प्रमुख वि.क.ले गत बर्ष भन्दा यस बर्ष योजनाका काम प्रभाबकारी भएको बताउनु भएको छ ।
नगरपालिकामा संचालित विकासे योजनाहरुको काम मापदण्ड अनुसार भए नभएको र दैनिक उपभोग्य बस्तुको मापदण्ड भए नभएको बारेमा सकरात्मक चांसो राख्न र आवस्यक सुझाव दिन नगर उप–प्रमुख वि.क.ले नगरवासीलाई आग्रह समेत गर्नुभएको छ ।यस्तै यसै आर्थिक बर्षमा सक्नुपर्ने सबै योजनाहरु चैत महिना भित्रमै सम्पन्न गरिसक्न पनि उहांले उपभोक्ता समितिलाई निर्देशन दिनुभएको छ ।
सन्धिखर्क–८ जनता आधारभुत विद्यालय नेपालीचौरको नवनिर्मित भवन सहित आधा दर्जन बढि योजनाहरुको अनुगमन गर्न नगर उप–प्रमुख वि.क. अनुगमन समिताका सदस्य पृतम थापा इन्जिनियर रुपेन्द्र खत्रि वडा सदस्य नारायण अर्याल,देवी थापा भुसाल कमल पराजुलि पत्रकार जितेन्द्र खत्रि लगायतको टोली हिडेको थियो ।
नगरपालिकाबाट गरिने योजनाहरु बातावरण मैत्री हुनुपर्ने र प्रभाबकारी अनुगमन नियमित हुनुपर्ने स्थानियको माग रहेको जनता आधारभुत विद्यालयका व्यबस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलले सुनाउनु भएकाे छ ।

अन्य समाचारहरु