( प्रकासित मिती: २०७५ चैत्र २०, बुधवार)
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा दलित तथा मुस्लिम बिद्यार्थीका लागि ३ महिने आधारभूत कम्प्युटर तालिम शुरु भएको छ ।
सन्धिखर्क नगरपालिकाकाे आयाेजनामा बुधवारदेखि दलित तथा मुस्लिम बिद्यार्थीका लागि ३ महिने आधारभूत कम्प्युटर तालिम शुरु भएको हो ।
३ महिने आधारभूत कम्प्युटर तालिमको नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गरेका थिए । कार्यक्रममा उपप्रमुख थाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो । तालिममा दर्जन बढीको सहभागीता रहेको छ ।