गुणस्तरीय स्वास्थ्य तथा पोषण का लागि आफ्नै पहल र स्वास्थ्य प्राप्ताङ्क बोर्ड अभिमुखिकरण कार्यक्रम ढाकाबाङ स्वास्थ्य चौकी अर्घाखाँची मा सप्पन्न भएको छ।
गोपाल भट्टराई
ढाकावाङ , अर्घाखाँची चैत्र २१ । दैनिक उपभोग्य खाद्य सामाग्रीमा पोषणको मात्रा मिलाएर उपभोग गर्न सकेमा मानव स्वास्थ्यलाई जोगाउन धेरै सहयोग पुग्ने सरोकारवालाले बताएका छन् ।
ढाकाबाङ स्वास्थ्य चौकी भुमिकास्थान १ अर्घाखाँचीमा सप्पन्न स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
भुमिकास्थान १ का वडा अध्यक्ष भोजराज खनालले कार्यक्रमलाई सम्बोधन गर्दै मानव जिवनमा स्वास्थ्य नै सबैभन्दा ठुलो कुरा भएकोले स्वास्थ्य जोगाउन सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।स्वास्थ्य चौकी,विद्यालय,अन्य समाजिक संघ संस्थाहरुले सामाजिक सचेतनाका अभियान चलाउनुपर्नेमा उहांको जोड रहेको छ ।
स्वास्थ्य चौकीको तर्फबाट इसा खड्काको स्वागत मन्तब्य र फिल्ड सुपरभाइजर बिद्ध्या खनालको सन्चालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान नगर स्वास्थ्य सम्योजक देब बहादुर थापा,मेघराज खनाल,सुआहारा फिल्ड कोअर्डिनेटर हरि प्रसाद पौडेल,वडा सचिब जीवन श्रेष्ठ, ढाकावाङ्ग स्वास्थ्यचौकीका स्टाफहरु लगायतले गुणस्तरीय स्वास्थ्यका लागि आफ्नै पहल,पोषणको महत्व र स्वास्थ्य प्राप्ताङ्क बोर्ड सम्बन्धि सहजीकरण गर्नुभएको त्यहांबाट अहेब तिलकराम भट्टराईले जानकारी दिनुभएको छ ।