अर्घाखाँचीका कलाकार धर्मराज भट्टराईको “अधेरी रातमा ” आधुनिक गीत सार्वजनिक (भिडियो सहित)
बैशाख २ गते, २०७६ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ घर भएका कलाकार धर्मराज भट्टराईको “अधेरी रातमा ” आधुनिक गीत सार्वजनिक भएको छ ।
गितलाई हाम्रो दिन त आउदै आएन, घरको यादमा रुन्छन प्रदेशी, तथा मैले संसार छोडी जादा आदि गितका गितकार धर्मराज भट्टराईले लेखेका छन् । यस्तै चर्चित युवा सङ्गितकार सन्तोष श्रेष्ठले सङ्गीतमा लोकपृय गायक शिव परियारले स्वर दिएका छन् ।
गितको म्युजिक भिडियोलाई बिष्णु भट्टराईले निर्देशन, छयाङ्कन र सम्पादन गरेका छन् । म्युजिक भिडियोमा रक्की छेत्री, योगीराज र सपनाको बेजोड अभिनय हेर्न सकिन्छ ।
“अधेरी रातमा ” आधुनिक गीतलाई दर्शक स्रोताहरुले मन पारीदिने कलाकार धर्मराज भट्टराईले अपेक्षा गरेका छन् ।