अर्घाखाँचीमा नेकपा निकट ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेडयुनियन महासंघले संयुक्त रूपमा १३० औं श्रमिक मजदुर दिबस मनाए

शोभाखर पन्थी
 बैशाख १८ अर्घाखाँची- नेपाल ट्रेडयुनियन महासंघ र अखिल नेपाल ट्रेडयुनियन महासंघ अर्घाखाँचीले आज विभिन्न कार्यक्रमको आयोजना गरि संयुक्तरूपमा १३० औं श्रमिक मजदुर दिबस मनाएका छन् । कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले सर्वहारा बर्गको मुक्तिका निम्ति मजदुर आन्दोलनको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।
मुलुकमा राजनीतिक परिबर्तन भएपनि जनताको जीवन स्तर माथी उठ्न नसकेको भन्दै उहाँले वर्तमान नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले जनताले अनुभुती गर्ने गरि काम गर्नुपर्ने बताउनु भयो । मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा कुनै अन्तर नआएको भन्दै रायमाझीले बिकास र सम्बृद्धि मार्फत राष्ट्र निर्माणमा जुट्ने बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला सचिव ठाकुर कुमार बिक किशोरले देश र जनताको पक्षमा कामगर्ने मजदुरहरुको अबस्थामा कुनै अन्तर आउन नसकेको बताउनु भयो । मजदुरको हकहित र अधिकारको सुनिश्चितताको निम्ति आफ्नो पार्टी सदैव क्रियासिल रहने उहाँको भनाई समेत रहेको थियो ।
मजदुर नेता दामोदर श्रेष्ठको अध्यक्षता र काजीमान रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरू छमकुमारी खनाल चिनारी ,जनार्दन खनाल ,बुद्धि बहादुर रायमाझी ,ईश्वरा पोख्रेल,अखिल नेपाल ट्रेडयुनियन महासंघका प्रदेश सदस्य विष्णु परियार ,जिल्ला अध्यक्ष सन्जु नेपाली ,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जि.सी.लेकाली लगायतका वक्ताहरूले मन्तव्य राख्दै मजदुरका अधिकारको रक्षाको निम्ति सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।