शितगंगाको सितापुरमा राष्ट्रिय पुरुष खुल्ला भलिबल प्रतियोगिता सम्पन्न (तस्बिर सहित)

गणेश बेल्बासे संगम
सितापुर, अर्घाखाँची । “स्वास्थको लागी खेलकुद राष्टकोलागी खेलकुद” भन्ने मुलनारालाई आत्मसाथ गर्दै वैशाख १८ देखी सुरु भएको राष्ट्रीय पुरुष खुल्ला भलिबल प्रतियोगिता हिजो शनिवार भव्य रुपमा सम्पन्न भएको छ । शितगंगा नगरपालिका वडा नं. २ को आयोजनामा घोरबन्दा सेवा समाजको संचालनमा सम्पन्न भएको हो ।
उदघाटनमा कार्यक्रमको अध्यक्षतामा वडा नं.२ का वडा अध्यक्ष गोबर्घन थापा, प्रमुख अतिथीमा प्रदेश ५ का सांसद रामजी प्रसाद घिमिरे, विशिष्ट अतिथीमा शितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी, विशेष अतिथीमा शितगंगा नगर उपप्रमुख टिका रेस्मी रहनु भएको थियो । त्यस्तै अतिथिमा अर्घाखाची जिल्ला खेलकुद प्रमुख शिद्धि भुषाल, शितगंगा नगर कार्यसमिती सदस्य भान बहादुर क्षेत्री, विभिन्न सघं संस्थाका प्रमुख तथा प्रतिनिधीहरु रहेका थिए ।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने आमाबुवा, दाजुभाइ, दिदिबहिनि, सुरक्षाकर्मी , रेफ्रीकोलागी सहयोग गर्नु हुने रामवाण गुल्म ठाडा, ब्यबस्थापनमा अहोरात्र खटिरहने आयोजक टिम स्वमसेवकहरु, साथै अतिथी सत्कारमा सस्कृती झल्काउने खानाका परिकारमा सहयोग पुर्याउने घोरबन्दा आमा समुह लगाएत सम्पुर्णलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ । सबैको साथले क्रार्यक्रम शभ्य र भब्य रुपमा सफल भएको आयोजकले बताएको छ ।
त्यस्तै समापन कार्यक्रमको प्रमुख अतिथीमा शितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी, विशिष्ट अतिथीमा शितगंगा उप प्रमुख टिका रेस्मि, विशेष अतिथीमा विभिन्न सङ सस्थाका प्रमुख तथा प्रतीनिधी रहनु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्ना मन्तब्य राख्दै कार्यक्रम सफल भएको र अझ आगामी दिनहरुका कार्यक्रममा आफ्नो साथ र सहयोग हुने बताएका थिए । खेलमा प्रथम पुरस्कार रु. ५११११/- सिल्ड, मेडल र प्रमाणपत्र, द्वितिय पुरस्कार रु. ३११११/- सिल्ड, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार रु. २११११/- सिल्ड, मेडल र प्रमाणपत्रका साथै उकृष्ट पेलेयर, उकृस्ट डिफेन्डर, उकृस्ट लिफ्टरलाई नगद सिल्ड प्रमाण पत्रले सम्मान गरिएको थियो । सप्पुर्ण टिमका खेलाडिहरुलाई आयोजकको तर्फबाट बधाइ तथा शुभकामना दिइएको थियो ।
भलिबलतर्फ बिजेता उपबिजेता टिम तथा खेलाडिहरु 
प्रथम स्थान :- ब्रेफगोर्खा बुटबल
द्वितिय स्थान :-जिल्ला प्रहरी अर्घाखाची
तृतिय स्थान :- पाणिनी देउराली क्लब

अन्य समाचारहरु