टेकराज भुसाल (टेकु)
ढाकावाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको वार्ड १ र २ (साबिक ढाकावाङ गाबिस)मा रहेको जनचेतना महिला कृषक सहकारी संस्थाले पिपलनेटामा सस्तो पसलको स्थापना गरेको छ ।
पसलकको उद्घाटन भुमिकास्थान न•पा वाड नं २ का वाड अध्यक्ष बुद्धि बहादुर थापाले रिबन काटी गर्नुभएको थियो। उद्घाटन गर्दै वाड अध्यक्ष थापाले सम्पूर्ण कृषकहरु लाई कृषि उत्पादनमा सक्रिय रहन र आफुले उत्पादन गरेका कृषि जन्य सामाग्री सहकारी सस्तो पसलमा बिक्री गर्न र आफुलाई आवश्यक पर्ने रासायनिक मल,बिउपल र अन्य सम्पूर्ण कृषि जन्य सामाग्री तथा आफुलाई दैनिक रुपमा आवश्यक पर्न सामानहरु सहकारी सस्तो पसल बाट किन्न अनुरोध गर्दै वाड अध्यक्ष थापाले किशानहरु कुनै समस्या परेको खण्डमा वाड र नगरपालिकाले सहयोग गर्ने बताउनु भएको छ।
कार्यक्रममा प्रगति कृषक सहकारी संस्थाका अध्यक्ष भुवानन्द भुसाल, कृषि प्राबिधिक प्रकाश नेपाली, पिपलनेटा बजार ब्यवस्थापन समितिका बाबुराम खनाल लगायता करिब २०० जना कृषकको उपस्थित रहेको थियो।
कार्यक्रम जनचेतना महिला कृषि सहकारी संस्था कि अध्यक्ष सिर्जना थापाको अध्यक्षता , उपाध्यक्ष गिता चुदालिको सञ्चालन र लक्ष्मि भुसालको स्वागत मन्त्वमा कार्यक्रम सम्पन्न भएको सस्तो पसल सञ्चालिका सरस्वता भुसालले जानकारी दिनुभएको हो।