अर्घाखाँचीमा कानुन दिवस मनाईयो

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची  बैशाख २६  । अर्घाखाँची जिल्ला अदालतको आयोजनामा बिहिबार ६७ औं कानुन दिवस मनाईएको छ । 
कार्यक्रम जिल्ला न्यायाधिस रामचन्द्र पौडेलको अध्यक्षता र स्रेतेदार गम्भीर घिमिरेको सन्चालनमा सम्पन्न  भएको थियो ।  
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, मालारानि गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री, निमिक्त प्रजिअ बिष्णुराज बेल्बासे, प्रहरी नायब उपरीक्षक नबराज मल्ल, जिल्ला न्याधिबक्ता हरि घिमिरे अधिबक्ता केबि भुसाल बार एशोसीएसनका अध्यक्ष टंक प्रसाद पोख्रेल, पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकाली लगायतले मनतब्य राख्दै कानुनलाई सबैले पालना गर्नुपर्ने बताउदै कानुन दिवसको शुभकामना समेत ब्यक्त गर्नुभएको अदालतका सुचना अधिकारी टेकराज गैरेले जानकारी दिनुभएको छ ।