चिदिकामा किरियापुत्रीले कक्षा ११ को परीक्षा दिदै

मधुसुधन पाण्डे 
चिदिका, अर्घाखाँची बैशाख २९ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा वार्ड नं १ चिदिकामा  एक विद्यार्थी किरिया बसेकै अवस्थामा कक्षा ११ को  परीक्षामा सहभागी भएका छन् ।
सार्वजनिक मावि छत्रगञ्जका बिद्यार्थी स्माईल थापाले आफ्नो बुबाको निधन भएको ७ अौ दिनमा कक्षा ११ को परीक्षा चलेपछि उनले परीक्षा दिएका हुन्  ।
उनकाे वुवाकाे असामयिक निधन भएको अाज ७ दिनकाे दिनदेखि कक्षा ११ काे नियमित परीक्षा दिन परिक्षा केन्द्र सुर्यथुम वहुमुखि क्याम्पस छत्रदेव ८ सुर्यथुम अर्घाखाँचीमा उनले परीक्षा दिन सुरु गरेका छन।
अनिवार्य अङ्ग्रेजी बिषयको परीक्षा दिएपछि सक्षिप्त कुराकानीमा उनले आफुले अनिवार्य अङ्ग्रेजी विषय विना तयारी राम्रै गरेको प्रतिक्रिया दिएका छन्। कक्षा ११ को नियमित परीक्षा आजदेखि सुरु भएको छ।
वार्ड नं १ चिदिकाको बारेमा 
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका , साबिक चिदिका गाउँ विकास समितिको वडा नं. १ देखि ८ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या ३१५१ र क्षेत्रफल १२.०६ वर्ग किलोमिटर रहेको छ ।१ नं. वडा छत्रदेव गाउँपालिका देखि पूर्व दिशामा पर्दछ।१ नं.वडामा सरकारी बिद्यालय जम्मा ७ बिद्यालय रहेका छन।जस मध्ये ६ वटा आधारभूत बिद्यालय १ वटा माध्यमिक बिद्यालय रहेको  छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा प्रकाश राज पन्थी निर्वाचित हुनु भएको छ ।
Population: ३१५१
Ward Contact Number: ९८६१३४९१०९