शिवाजी डान्स सेन्टरले वृहत सांस्कृतिक धमाका २०७६ आयोजना कार्य पुरा रुपमा तयारी

दीपक भुसाल
काठमांडौ, (अर्घाखाँची डटकम्)  । नेपाली मौलिक तथा लोक संस्कृतिको सम्मानको लागी सदैव लगातार लागिरहने नेपाली कलाकारको एक अभियान नै वनेको छ । काठमांडौको एक चर्चित शिवाजी डान्स सेन्टरले २०७६ जेष्ठ १५ गते जमल राष्ट्रीय नाच घरमा वृहत सांस्कृतिक धमाका २०७६ गर्ने योजना सहित तयारी पुरा गरेको आयोजकले पत्रकार डिआरजी सुमनलाई जानकारी गराएको छ । 
प्रमुख अथिती नायक रमेश उप्रेती रहनु हुने कार्यक्रममा अथीतीको रुपमा नृत्य निर्देशक देवेन्द्र कुँवर, युलिया कोईराला,युरि अनाया,  कलाकारहरु वरिष्ठ लोक गायक वैकुण्ठ महत, गायक कमल खत्री,गायिका टिका प्रसाई,डान्सर रोमा न्यौपाने,नृत्य निर्देशक डान्सर तथा मोडल शिवजी क्षेत्री,र्यापर आर्शन क्षेत्री,रिना राई लगायतको शिवाजी डान्सींग सेन्टरको विशेष प्रस्तुति रहने वताईएको छ । देश विदेशमा आयोजना गरिने विशेष कार्यक्रममा नृत्यकार उत्पाद गर्ने कार्यमा यो सेन्टर प्रख्यात रहेको वताउदै प्रतिभाको सम्मान भएमात्र नेपाली कला संस्कृतिको सम्मान हुने डान्सेन्टरका संचालक अनुष्का शर्माको धारणा थियो । 
यस कार्यक्रमको संचालक ख्याति प्राप्त चर्चित कार्यक्रम  प्रस्तोता प्रमिला कार्कि रहनु भएको छ । उक्त कार्यक्रमको दिउसो ३ वजे देखी काष्ठमाण्डप टेलीविजन र अर्घाखाँची डटकम मार्फ़त प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाली कला सांस्कृतिकको जगेर्ना गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जानकारी गराएको छ । 
यस संस्थाले आज भन्दा पहिला सांस्कृतिक कार्यक्रम तीन ओटा गरि सकेको हुदा चौथों पटक आयोजना गरिएको यो कार्यक्रम थप प्रभावकारी हुने निश्चित नै छ ।