अर्घाखाँची देखि काठमाडौंसम्म शिवाजी डान्स सेन्टरको उल्लेखीय संफलता “साँस्कृतिक धमाका २०७६” काठमाण्डौमा सम्पन्न

डिआरजी सुमन 
काठमाण्डौ । नेपाली कला र संस्कृतिको सम्रक्षण गरौँ भन्ने नारा सहित शिवाजी डान्स सेन्टरले ‘साँस्कृतिक धमाका २०७६’ सम्पन्न गरेको छ । कार्यक्रम बुधबार रास्ट्रिय नाचघर जमलमा सम्पन भएको हो । 
कार्यक्रममा शिवाजी डान्स सेन्टरका नृत्यका बिद्यार्थी तथा चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए । २०७५ साल बैशाख १ गतेबाट संचालनमा आएको शिवाजी डान्स सेन्टरको यो चौंथो कार्यक्रम हो । डान्स सेन्टरले आफ्ना बिद्यार्थी हरुलाई राष्ट्रिय देखि अन्तररास्ट्रिय मन्च हरुमा प्रस्तुति दिने अवसर हरु दिलाउने गरेको छ नृत्यका सबै विधाका प्रसिक्षण दिने शिवाजी डान्स सेन्टर बसुन्धारा काठमाडौँमा रहेको छ ।
अभिनेता रमेश उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक कमल खत्री,गायिका टिका प्रसाईं लोक गायक बैकुण्ठ महतले आफ्ना चर्चित गीतहरु गायर दर्शकलाइ मनोरंजन प्रदान गरेका थिए।
कार्यक्रममा डान्सर रोमाले आफ्नो नृत्यले दर्शकलाइ मनोरंजन दिईन साथै शिवाजी डान्स सेन्टरका संचालक शिवाजी क्षेत्रिले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रम शिवाजी डान्स सेन्टरकि संचालिका तथा कलाकार अनुष्का शर्माको सभापतित्वमा सम्पन्न भएको हो ।