पालीको सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु

अर्घाखाँचीडट्कम संवाददाता 
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ७ पालीको झन्द्रेक स्थित सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ ।
झन्द्रेकको सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको मृत्यु भएको हो । उनी 
बुधबार दिउसो माछा मार्ने क्रममा घाईते भएका तिमिल्सनालाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो । उनको 
उपचारका क्रममा निधन भएको प्रहरीले बताएको छ ।
तिमिल्सनाले पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्दै आएका थिए । उनी स्थानिय युवाहरुसँग सिस्ने खोलामा माछा मार्न गएका थिए ।  

अन्य समाचारहरु