ठाडामा कपाल काट्ने तालिम सम्पन्न

सुर्य भुसाल 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको ठाडामा   नेपाल नाई संघ जिल्ला कार्य समिति  अर्घाखाँचीको आयोजना तथा शितगंगा नगरपालिकाको सहयोगमा कपाल काट्ने तालिम सम्पन्न भएको छ ।
तालिममा बोल्दै नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले तालिममा सिकेका कुरा व्यहारमा उतार्न आग्रह गर्दै बेरोजगारी समस्या समधान होस भनी रोजगारी मुलक तालिम आफुहरुले नगरपालिकाबाट आयोजना गरेको बताउनु भयो ।
उहाले तालिममा सहभागीहरुले आफ्नो गाउँठाउँमा कपाल काटेने पसल सन्चालन गरि रोजगारी श्रृर्जना गर्न आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण भन्डारी, योजना अधिकृत मन्जु खनाल, नासु नुमलाल खनाल लगायतको उपस्थिति रहेको थियोे ।
तालिमको सहजि करण नाई संघका जिल्ला अध्यक्ष दिनेस ठाकुरले गरेका  थिए ।

अन्य समाचारहरु