सुर्य भुसाल
आटिकापाटा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल नेत्र ज्याेती संघ , तथा जिल्ला आँखा अस्पताल काे संयुक्त आयाेजना जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकाे समन्वयमा अर्घाखाँची जिल्लाको सन्धिखर्क आटिकापाटा स्ठित जिल्ला कारागारमा रहेका बन्दिहरूलाई नि:शुल्क आँखा जाँच गरिएको छ ।
नेपाल नेत्र ज्याेती संघ अर्घाखाँचीका अध्यक्ष दल बहादुर के.सीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कारागारमा रहेका बन्दीहरूकाे स्वास्थ्य जीवनकाे कामना गर्दै, सुधार गृहलाई ब्यबस्थित गर्न आफुहरू लागि पर्ने बताउनु भयाे ।
कार्यक्रममा डा.ज्ञानेन्द्र लामिछाने, पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले मन्तब्य राख्नु भएकाे थियाे ।
आखाँ उपचारमा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान रणअम्बिका शाह आखा अस्पताल भैरहवाका डा.ज्ञानेन्द्र लामिछाने, संजीव अधिकारी, वसन्त कार्की तथा अर्घाखाँची आखा अस्पतालका डक्टरहरूले संयुक्त रूपमा बन्दिहरूकाे आखाँ जाँच गरेका थिए ।
आखाँ जाँचबाट १५ जनालाई नजीक नदेख्ने समस्या भएकाेले चस्मा प्रदान गरिएको थियो भने अरूकाे आखाँ सुख्खा र कमजाेर भएकाे कारण औषधि प्रदान गरि खानपानमा ध्यान दिन डाक्टरहरूले सुझाव दिएका छन् ।
नेत्र ज्याेती संघका सदस्य जगन्नाथ भुसालकाे सन्चालन र अर्घाखाँची आँखा अस्पताल प्रमुख सागर घिमिरेकाे स्वागतमा सम्पन्न कार्यक्रममा प्रहरी निरीक्षक खिम बहादुर घम , बैतनिक वकिल ईन्दु पाण्डे, कारागार प्रमुख कृष्ण आचार्य लगायतकाे सहभागिता रहेकाे थियाे ।
यस कारागारमा अहिले ४४ पुरूष र ६ महिला रहेका छन् ।