अनिल नेपाली
किमडाँडा, अर्घाखाँची २३ जेठ । सन्धिखर्क नगरपालिका वडा न ८ किमडाँडामा आज एक कार्यक्रमका बीचमा कृषकलाई १ दिने कृषक पाठशाला सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिम सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार वि.क किशोरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा मन्तब्य राख्दै नगर उपप्रमुख विकले कृषिलाई पहिलो प्राथमिकता राखेर अहिलेको सरकारले बजेट बिनियोजन गरेको बताउँदै कृषि गर्ने कृषकको लागि नगरपालिकाले उल्लेखनीय सहयोग गर्ने बताउँदै कृषकलाई व्यबसायिक बन्नका लागि आग्रह गर्नुभएको थियो ।
एक फरक प्रसँगमा कुरा गदै नगर उपप्रमुख विकले नगरपालिकाले सुन्दर समृद्ध शहर बनाउनको लागि दीर्घकालिन योजना सहित अगाडि बढेको बताउँदै सहयोग गर्नको लागि आग्रह समेत गर्नुभएको थियो कार्यक्रममा यसरी मन्तब्य राख्नेमा वडा न ८ का वडाअध्यक्ष ईश्वरीप्रसाद भुसाल , वडा सदस्य नारायण प्रसाद अर्याल , बडा सदस्य देबी भुसाल प्रशिक्षक टिकाराम न्यौपाने लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै कृषिलाई परम्परागत पेशा त्यागी व्यबसायीक र बैज्ञानिक बन्नका लागि आग्रह गरेका थिए ।
कार्यक्रम सन्धिखर्क नगरपालिका कृषि शाखाको आयोजना जागृति कृषि समुहको समयोजनमा सम्पन्न कार्यक्रममा विभिन्न समुहको प्रतिनिधित्व गदै विजयी हासिल गर्नेलाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा करिब ४५ जनाको सहभागिता रहेको थियो कार्यक्रम संस्थाकी अध्यक्ष चेतना क्षेत्रीको अध्यक्षता लक्ष्मी अर्यालको संचालनका सम्पन्न कार्यक्रम कृषक अगुवा , समाजसेबी जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।