प्युठानको ऐरावती गाउँपालिका १ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

हृदय भुसाल
ऐरावती,  प्युठान २३ जेष्ठ । सहिद परिवार समाज नेपालको आयोजना सामाजिक बिकास मन्त्रालय  प्रदेश नम्वर ५ तथा ऐरावती गाउँपालिका प्युठानको आर्थिक सहयोगमा सञ्चालन भएको जेष्ठ नागरिक क्षमता बिकास पैरवी तथा सम्मान कार्यक्रम ऐरावती गाउँपालिका वाड न १मा रहेका ५५ जना वृद्ध वृद्दा हरुलाई नगद सहित दोसल्ला ओडाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष बिशाल खड्काले वताए ।
कार्यक्रमको उट्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्वय समिती प्युठानका उपप्रमुख पदम थापाले जेष्ठ नागरिकले देखाएका वाटोमा आफुहरु सधै लाग्ने भन्दै उनले समाजका सवै पक्ष एक भएर बिकास र समृद्धिको यात्रामा अगाडी वढुपर्ने वताए ।उपप्रमुख थापाले भने,‘तपाई हरुको बिश्वाका कारणले हामी जहाँ त्यो बिश्वास मर्ने दिने छैनौ’ ।
कार्यक्रमका बिशिष्ट अतिथी एवम ऐरावती गाउँपालिका उपाध्यक्ष वुद्ध वस्नेतले जेष्ठ नागरिकको अनुभव लाई सामाज रुपान्तरण प्रयोग गर्ने भन्दै मुलुक परिर्तनमा जेष्ठ नागरिकले खेलेको भुमिका अतुलनिय रहेका वताए । वस्नेतले परिवर्तनका लागी शहिदहरुले वलिदान गरेको भन्दै उनले शहिदको उच्च सम्मान गर्दे शहिदको सपना साकार पार्ने वताए  ।
वस्नेतले  सरकारले सवै पक्षलाई क्रमस सम्वोधन गर्दे देश स्थायित्व विकास र समृद्दिमा अगाडी वढेको वताए ।नेकपाका नेता समेत रहेको वस्नेतले नेकपा पार्टीले निर्वाचनमा गरेका प्रतिवद्धता हरु पुरा गर्ने भन्दै उनले भने,‘सामाजिक सुरक्षा भता ५ हजार वनाउने भनेका थियौ अहिले ३ हजार पुरायौ सरकारको यो पुरा कार्यकालमा ५ हजार नै हुन्छ’ ।
 गाउँपालिका भित्रका विभिन्न विकास निमार्ण कार्यहरु सगै वृद्ध हरुको संरक्षण र सम्मानलाई   प्राथमिकतामा राखेर काम गरेकोे उपाध्यक्ष वस्नेतले वताए ।
साविकको दागवाङ्घ गाविसका बिभिन्न वाडहरुवाट सम्मानमा सहभागी भएका वुढावुढीहरु निकै खुसीका साथ दुखःसुख साटीरहेका थिए  ।
ऐरावती  गाउँपालिका वाड नः १ दागवाडङ्घ  निवासी ९७ वर्षिय  डिल वहादुर गाहामगर बिहिवार एक कार्यक्रमका विच  कार्यक्रममा सम्मानित भएका छन् । उनले भने,‘यो सम्मानले मेरो मन निकै खुसी भयो अझै केही समय वाच्ने भए’ अर्का वृद्द ९१ वर्षिय गंगादेवि रास्कोटीले भनिन, आज सम्मान पाउँदा वल्ल गाउँमै सरकार आए जस्तो लाग्यो खुसी छु सम्मानको साथै विरामी भएकी थिए चेक गर्न पाए’ ।
 ऐरावती गाउँपालिका वाड १ दागवाङ्घ वाडका उपल्लो उमेर समुहका जेष्ठ नागरिक छनोट गरि कार्यक्रम गरिएको र आगामी दिनमा वृद्द नागरिकको पक्षमा धेरै खालका कार्यक्रम गर्ने वाडका कार्यवाहक अध्यक्ष केशवराज आचार्यले वताए ।
कार्यक्रममा क्षमता विकास विज्ञ सुरज सारु र नेतृत्व बिकास बिज्ञ तथा पत्रकार हृदय कुमार भुसालले गरेका थिए ।