अर्घाखाँची १५ असार । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज लाई लक्ष्यित गरि गीतहरु सार्वजनिक हुन थालेका छन् । कलाकार सुटिङमा व्यस्त भएको पाइएको छ ।
यसैक्रममा गायक नारायण पान्डे र गायिका सम्झना भण्डारीको आवाजमा रहेको तीज गीत “दुई जिब्रे ” को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेका छन् ।
गीतमा जीवनको यात्रा यथार्थ तितो सत्य लाई कमेडी मार्फत गीतमा उतार्ने प्रयास गरिएको गायक नारायण पान्डे बताउछन ।
पान्डेको शब्दमा सजिएको “दुई जिब्रे “तीज गीतमा काजिश श्रेष्ठले निर्देशन गरेका छन भने अभियानमा चर्चित हास्य कलाकार यादव देवकोटा (सरापे) र आशा खड्का ( सुकुमाया) लाई देख्न सकिन्छ । गीत लाई शुमार्ग फिल्मस् प्रा.लि. ले बजार व्यस्थापन गरेको हो ।