वाङलामा खानेपानीको चरम समस्या, विद्युत नहुँदा अध्यारोमा बस्न वाध्य


दिपक भुसाल 
अर्घाखाँची डटकम , वाङला । नागरिकलाई नगरपालिका कै मापदण्ड वनोजिम सेवासुविधा लिनेगरी सेवाग्राहीवाट कर असुल गर्ने तर खानेपानी कै चरम समस्या छ भन्दा चरितार्थ लाग्न सक्छ तर यो समस्या सन्धिखर्क नगरपालिका वडा नं ४ र ५ असार महिनामा पनि पानीको समस्या हावी नै छ । 
अर्घाखाँची जिल्लाको साबिक वाङला गाबिसका जनप्रतिनिधिहरुले अन्य वडाका जनप्रतिनिधिहरुको तुलनामा प्रभाबकारि काम गरेका छैन्न भन्ने उदाहरण यहावाट स्पष्ट हुन्छ । यस क्षेत्रमा खानेपानिकै समस्या समाधान गर्नमा ढिलाई गर्ने जनप्रतिनिधीवाट आम जनता आक्रोशित र असन्तुष्ट छन । प्रदेस ५ सरकार र सन्धिखर्क नगरपालिकाको संयुक्त आर्थिक लगानीमा सुरु भएको भुरुङ खोला-वाङला खानेपानी आयोजनाको उपभोक्ता समितिको चरम लापरवाहीको कारण योजना अल्पत्र छ ।
बिगत लामो समय देखि नै वाङलाको दक्षिण भेगलाई बिकास निर्माण कार्यमा उपेक्षित गरिदै आएको स्थानीय वासीको गुनासो छ । नेपाली कांग्रेसको पकड़ क्षेत्र मानिने वाङलाको मुख्य सड़क सन्धिखर्क -बल्काेट बहेक अन्य सडक काे अवस्था पनि दयानीय छ ।  उत्तरि भेगमा स्तरिय बिधुतिय पोल बितरण गरिएको भएता पनि वाङलाको दक्षिणी भेगमा बितरण नगरीनुले जनता निराश छन  । सवै स्थानवाट काठको पोल विस्थापित गर्ने राज्यको निती भएता पनि साविकको वाङला गाविसको दक्षिण भेगका जनताले आफ्नो खरवारी र सामुदायिक बनबाट  साल काटेर विद्युत उपयोग गर्न वाध्य छन । 
वाङलाको दक्षीण भेगलाइ राज्य कै तर्फवाट बिद्युतका पोल वितरणमा अति नै बिभेद गरिएको छ । यस क्षेत्रमा रहेका सडेगलेका पोलहरु ढल्ने ख़तरा भएता पनि हालसम्म यस्ता जोखिम युक्त पोल हटाउन जनप्रतिनिधिहरुले कुनै पहल गरेका छैनन् । यस नगरपालिकाका अन्यवडाहरुवाट निर्वाचित जनप्रतिनिधीले फलामको पोल र तीनफेस बिद्युत लाइन बितरण गरिसकेका छ्न । 
यसरी एउटै समयमा समान उद्देश्य लिएर अन्य वडावाट निर्वाचित जनप्रतिनिधीले आफ्नो क्षेत्रलाई काठको पोल मुक्त वनाएको अवस्थामा यहाँका जनप्रतिनिधी यसरी आफ्नो क्षेत्रमा खानेपानीका आयोजना अल्पत्र वनाउनु र विद्युत पोल वितरण नहुनु दुखद देखिन्छ ।
यस क्षेत्रमा एकतर्फ कांग्रेसले देखाएको बहुमतको दम्भ र अर्कोतर्फ कम्युनिस्टहरुले कांग्रेसको पकड़ क्षेत्र भनेर अबहेलना गर्ने गरेको देखिन्छ । यदि वास्तविक रुपमै यस क्षेत्रको विकास गर्ने नै हो भने स्थानिय उपभोक्ताहरुले जनप्रतिनिधिहरुलाइ सचेत गराउन र जागरुप गराउन जरुरी छ । अलपत्र भएको खानेपानी आयोजना सफल गराउन र काठेपोल मुक्त वडा गराउनको लागी स्थानीय जनता,जनप्रतिनिधी सवैको सहकार्य जरुरी देखिन्छ । तस्वीर दिपक भुसाल/अर्घाखाँची डटकम्

अन्य समाचारहरु