पाणिनी गाउँपालिकाको ध्यान कृषि केन्द्रित, जनप्रतिनिधि भन्छन पाँच वर्ष भित्र पालिकालाई कृषिमा आत्मनिर्भर वनाउछौ

डिआरजी सुमन
पाणिनी , अर्घाखाँची डटकम् / व्युरो । स्थानीय निकायको निर्वाचन पश्चात पाणिनि गाँउ पालिकामा कृषिव्यवसायले गति लिएको छ । स्थानीय निकायको अनुदानमा पाणिनि गाँउ पालिकामा ट्याक्टर देखि विउ विजन र विरुवा समेत वितरण हुदै आएको छ ।
 अर्घाखाँची जिल्ला कै नमूना सुन्तला पकड क्षेत्र पाणिनि वडा नं १ सिम्ले साविकको पणेना गाविसमा सुन्तला खेती फस्टाएको छ । पाणिनी वडा नं ६ साविकको धातिवाँङ गाविस पनि तरकारि पकड़ क्षेत्र वनेको छ । यस्तै पाणिनि वडा नं ५ मैदानको भर्तापुर वेसार खेतीको लागी उत्कृष्ट मानिन्छ भने पाणिनि वडा नं ५ मैदान कै अमजा अदुवा खेतिको लागी पकड़ क्षेत्र वन्न सफल भएको छ  ।
आर्थिक वर्ष २०७६/०७७ को सातौ गाँउ सभा तथा तेस्रो वजेट अधिवेशनले आफ्नो निती तथा कार्यक्रममा पनि स्थानीय निकायले कृषि तथा पशुपंक्षि पालन क्षेत्रको व्यावसायिककरण र आधुनिकिकरणमा जोड़ दिएको छ ।  यस वर्षको कृषि विकास सम्बन्धि नितीहरुमा वुदागत रुपमा योजना वनाएको छ । कृषि तथा पशुपंक्षी पालन क्षेत्रमा व्यावसायिककरण गरी कृषि व्यावसाय प्रवर्द्धनको माध्यमवाट रोजगारी सिर्जनामा जोड दिन । मैदान अमजा,भर्तापुर,पोखराथोकको साविक ७,८,९ कमाई घारी,पटौटीको कुडापानिलाई अदुवा र वेसारको पकड़ क्षेत्र घोषणा गरी संचालन भएको कृषि भण्डार तथा वजारीकरणको व्यावस्थालाई निरन्तरता दिने,पटौटी,पणेना,पोखराथोक तथा अड्गुरीलाई सुन्तला तथा कागतिको पकड़ क्षेत्रको रुपमा संचालन भएको कार्यक्रमलाई निरन्तरता दिने । व्यावसायिक फर्महरुवाट उत्पादित दुग्ध तथा मासु जन्य पदार्थको वजारीकरणको लागी तथा अनुदानलाई दिदै आएको सहयोग उपलब्ध गराउने । दुध, तरकारी, मासु र अण्डा लगायतको कृषि उत्पादलाई उत्पादनको आधारमा अनुदानको व्यावस्था गर्ने । दुर्गा,सिस्ने, वाक्ले खोला तथा वागीखोलाको खेतहरुमा आधुनिक प्रणालीवाट खाद्यान्न , तरकारी खेति , गाई पालन , पोल्ट्री फ़ार्महरुलाई व्यावसायिक रुपमा संचालन भएका कार्यक्रमहरुलाई निरन्तरता दिने । व्यावसायिक कृषि पशुपंक्षी क्षेत्रका कृषकलाई तालिममा जोड दिने ।
वोयरबाख्रा पाल्ने कामलाई सुरुवात गर्ने र निरन्तरता दिने । कृषि पेसालाई सम्मानित र मर्यादित वनाउन कृषकलाई उत्पादनको आधारमा सम्मानका कार्यक्रमलाई अगाडी वढाउने । फलफुल तथा तरकारी उत्पादको वृद्धि गर्नको लागी “सवैको घर फलफुल वहार”कार्यक्रम अन्तर्गत कृषक र गाँउ पालिकाको साझेदारीमा विरुवा वितरणका कार्यक्रम निरन्तरता दिने । कृषिमा व्यावसायिक र  यान्त्रिककरणको लागी अनुदानको व्यावस्था गर्ने । कृषिमा युवाहरुलाई आकर्षित गर्नका लागी युवाहरुको मागमा आधारित कृषि कार्यक्रमहरु संचालन गर्ने । एक घर एक करेसावारीको नितीलाई निरन्तरता दिने । पशु पंक्षि उत्पादन तथा उत्पादकत्व वृद्धिगर्न नश्ल सुधारका कार्यक्रमहरुलाई उच्च प्राथमिकताका साथ संचालन गर्ने ।
पशु पंक्षि पालन क्षेत्रको विकासका लागी कृषक समुह,समिति, सहकारी,संस्था र गाँउ पालिकाको विच साँझेदारी गर्ने । दलित जनजाति महिला तथा विपन्न वर्गको वसोवास भएका क्षेत्रमा कार्यक्रमहरु संचालनमा जोड़ दिने । कृषि तथा पशु पालन  ढुवानी गर्ने सवारी साधन खरिदमा अनुदानको व्यावस्था मिलाउने गरी निति तथा कार्यक्रम वनाएको छ । पाणिनी गाँउ पालिकाको तेस्रो वजेट अधिवेशनको वजेट वक्तव्य मार्फत कृषि तथा पशु सेवा तर्फ ९२ लाख ५९ हज़ार ख़र्च विवरण पेश गरेको छ । 
पाणिनि गाँउ पालिकाका दुर्गाफाट सहितका विभिन्न स्थानमा व्यावसायिक गाँई फ़ार्म वनेका छन भने पाणिनी ४ निगाली देउरालीमा छुप्री उद्योग समेत संचालनमा छ । पाणिनि ५ भर्तापुरको वेसार खेतीलाई व्यावसायिक वनाउन प्रदेश सांसद रामजी प्रसाद घिमिरेले आग्रह गरेका छन । यस्तै पाणिनी गाँउ पालिकालाई कृषिमा आत्मनिर्भर वनाउन जनप्रतिनिधीहरु सक्रिय भएका छन । स्थानीय वजार सहित सन्धिखर्क,पाल्पा,वुटवल सम्म तरकारी फलफुल तरकारि निर्यात हुने गरेको लामो समय सम्म डाईभर पेसा गरी कृषि व्यावसायमा फर्किएका फलफुल तथा तरकारी उद्यमी रहेका सुन्तला स्रोत व्याक्ति नारायण पौडेल वताउछन । अर्घाखाँचीमा पछिल्लो समयमा गाईपालनमा युवाहरुको पनि सक्रीयता वढेको छ । वैदेशिक रोजगारीको लागी लामो समय भारतको पंजावमा वसेर नेपाल फरिएका दिपक घिमिरेले हाल दुर्गाफाटमा व्यावसायिक रुपमा गाई पालन गरेका छन । आईटी क्षेत्रको लामो अनुभव लाई छाडेर कृष्ण गैरेले पाणिनि ४ पटौटीमा कोईलर फ़र्म संचालन गरेर तीन जना युवालाई रोज़गार दिएरका मात्र छैनन् अण्डा उत्पादन गरी मनग्य आम्दानि गर्न सफल भएका छन । 
(तस्वीर – डिआरजी सुमन/अर्घाखाँची)