अर्घाखाँचीका कलाकार तिलक वेल्वासे र रुक्मीणा घिमिरेको तिर्सना तीज गीत तिर्सना मेटौला वजारमा (भिडियो सहित)
श्रावण ८ गते, २०७६ मा प्रकाशित
डिआरजी सुमन
पाणिनि कलाकार कल्याणकारी समाज अर्घाखाँचीका महासचिव समेत रहेका चर्चित गायक तिलक वेल्वासेको यस वर्षको तीज कोसेली तिर्सना मेटौला वजारमा आएको छ । चर्चित लोक तथा दोहोरी गायक तिलक वेल्वासे र गायिका रुक्मीणा घिमिरेको स्वर रहेको गितमा चर्चित मोडल संकर विसी र करिश्मा ढकालले मोडलिंग गरेका छन ।
नेपाली मौलिक गीत संगीतका पारखी दम्पति नेपाली लोक विेधाका उज्जवल तारा सरी चम्किदै छन । कहिले नव विवाहित जोडि त कहिले विदेशीएका दम्पतिका वेदना तीजगीत मार्फ़त पस्कदै आएका जोड़ी यसपटक अविवाहित केटा केटीको सम्बन्धलाई जोड़ दिएका छन ।
पाणिनि कलाकार कल्याणकारी समाज अर्घाखाँचीका महासचिव समेत रहेका तिलक वेल्वासे शव्द,लय तथा स्वरका धनी मानिन्छन ।