गुल्मेली लोकगायक बिष्णु वारालको तीजगीत धुलो जमीन सार्वजनिक (भिडियो सहित)
श्रावण ९ गते, २०७६ मा प्रकाशित
डिआरजी सुमन
अर्घाखाँची डटकम् / व्युरो , अर्घाखाँची । गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं १ पौधी अमराई विसौनामा जन्मिनु भएका लोक तथा दोहोरी गायक विस्णु वरालको २०७६ तीजको कोसेली धुलो जमिन वजारमा आएको छ।
जनता डिजिटलको नयाँ तीजगीत धुलो जमीन भर्खरै सार्वजनिक भएको छ । नेपाली हिन्दु महीलाहरुको महान पर्व हरितालिका तीज लक्षित तीजगीत सार्वजनिक हुने क्रममा विस्णु वराल र विस्णु सिर्पालीको आवाज़ भरिएको गितमा वासुदेव पोखरेलको शव्द रचना रहेको छ भने पवन परियारले लय सिर्जना गर्नु भएको छ ।