दिपक कुमाल र विनु क्षेत्रीको तिजगीत एक नम्वर सार्वजनिक (भिडियो सहित)
श्रावण १० गते, २०७६ मा प्रकाशित
डिआरजी सुमन
अर्घाखाँची डटकम् व्युरो । अर्घाखाँची जिल्ला पाणिनी गाँउ पालिका ८ पालि कुखुरे देउरालीमा जन्मिएका कलाकार दिपक कुमाल र बिनु क्षेत्रीले आवाज दिएको तिज गित मा सार्वजनिक भएको छ ।
नेपालीहरुको महान पर्व हरितालिका तीज अब नजिक नजिक आइरहेको छ सोही समयमा अर्को तीजगीत वजारमा ल्याउने जमर्को रहेको गायक वताउछन । तीज पर्वलाई लक्षीत गरि नयाँ नयाँ गीतहरु सार्वजनिक हुनेक्रम जारी छ ।
एक नम्वर बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । दिपक कुमार र विनु क्षेत्रीको आवाज रहेको सो गीतमा सावित्रा सानु र दिपक कुमालले शब्द सिर्जना गरेका छन भने सुरज परियारले भाका बनाएका छन ।
किशोर खत्री,आयुष्मा कार्की र पंकज ढकालको अभिनय रहेको सो गीतको म्युजिक भिडियोमा निर्देशन सिर्जन बरालले गरेका छन भने जनता डिजिटलले गीतको बजार ब्यवस्थापन गरेको छ ।