राधा आचार्य अधिकारीको तीज कोशेली सधै तमासा सार्वजनिक (भिडियो सहित)
श्रावण १२ गते, २०७६ मा प्रकाशित
हरि कुँवर
१२ साउन , अर्घाखाँची । राधा आचार्य अधिकारी र मोतीराज खनालको स्वरमा मा सजिएको कमेडी तीज कोशेली ” सधै तमासा ” सार्वजनिक भएको छ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज लाई लक्ष्यित गरि गीतहरु सार्वजनिक हुन थालेका छन् । अर्घाखाँचीका कलाकार सुटिङमा व्यस्त भएका छन । एक पछि अर्को तीज म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा प्रतिस्पर्धा भएको पाइन्छय ।
राधा आचार्य “अधिकारी” र मोतीराज खनालको स्वरमा मा सजिएको कमेडी तीज कोशेली ” सधै तमासा ” म्युजिक भिडियोमा शब्द मोतिराज खनाल ले कोरेका हुन ।
सनिवार गीतको बिमोचन विकास प्रेमी नेता टोप बहादुर रायमाझी , नजिर मिया लगायत को उपस्थितमा भएको थियो ।
गीतको म्युजिक भिडियो सापकोटा प्रोडक्सनले बजारमा ल्याएको हो । कमेडी गीत मा गीता पराजुलीको संगीत रहेको छ ।
चर्चित कलाकार कमल गाउँले, रञ्जु अधिकारी र भीमा लामाको दमदार अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।