अर्घाखाँचीका रायमाझी परिवारको तीज गीत नक्क्ले भिनाजु सार्वजनिक (भिडियो सहित)

हरि कुँवर
सन्धिखर्क, अर्घाखाँची १८ साउन । अर्घाखाँचीमा जन्मेर काठमाडौंमा बसी संगीत क्षेत्रमा सङ्घर्ष गर्दै आएका रायमाझी परिवारको तीज गीत नक्क्ले भिनाजु १/२ पछिको नक्क्ले भिनाजु ३ लर्के भिना सार्वजनिक भएको छ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज लाई लक्ष्यित गरी एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भएका छन ।
नक्क्ले भिनाजु ३  लर्के भिना  कमेडी तीज गीत विशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वरमा सजिएको छ । हरिमाया रायमाझी को शब्द र विशाल रायमाझीको संगीत रहेको हो ।
कमेडी शैलीमा बनाइएको तीज गीत कमल सौरागले एरेन्ज गरेका हुन । राजकुमार मगरको निर्देशन / सम्पादन र छायांकन सागर गौतमले गरेका हुन ।
म्युजिक भिडियोमा सुरविर पण्डित, एलिना रायमाझी र अर्जुन कुँवरको दमदार अभिनय देख्न सकिने नक्क्ले भिनाजु ३ अर्घाखाँची लगाएत काठमाडौं मा पनि दर्शकहरु ले मन पराएको बताएका छन ।
गाउँ घरमा परम्परा देखी साली भिना एक अर्को सङ जिस्कने साली भिना ले दोहरी गाउने चलन थियो । भिडियोमा साली भिनाको कमेडी दोहोरी भएकोले गीत लाई दर्शकले रुचाएका छन् ।
विशाल रायमाझी, हरिमाया रायमाझी, शर्मिला रायमाझी गायक, गायिका हुन् भने एलिना रायमाझी अहिलेको चर्चिक मोडल तथा नायिका समेत हुन । दरबारमार्गमा क्वीन दोहोरी साँझ रहेको छ । एकै परिवारका दाजु, दिदि, बहिनीहरु मिलेर गीत संगीतमा लागेका हुन् ।