विवाहका लागि महिलाको उमेर २० वर्षबाट घटाएर १८ वर्ष कायम गर्न सुझाव

Resultado de imagen de विवाह  nepal
सांसदहरुले विवाहका लागि महिलाको उमेर २० वर्षबाट घटाएर १८ वर्ष कायम गर्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासँगको मौखिक प्रश्नोत्तरमा सांसदहरु प्रेम सुवाल, रामकुमारी झाँक्री, देवेन्द्र पौडेल र देवेन्द्रराज कँडेलले प्रश्न गर्दै मुलुकी फौजदारी (संहिता) ऐन २०७४ ले विवाह गर्ने उमेर २० वर्ष तोके पनि नेपालमा त्योभन्दाअघि नै विवाह गर्नेे चलन रहेकाले कानुन संशोधन गरेर व्यावहारिक बनाउन सुझाव दिए ।
जवाफमा मन्त्री थापाले अन्तर्राष्ट्रिय कानुनअनुसार र बालविवाह रोक्नका लागि २० वर्ष उमेर राखिएको भन्दै कानुनलाई प्रभावकारी बनाउन छलफल गर्नसकिने बताइन् ।
यस्तै, सांसदहरु उमा रेग्मी, पुष्पा भुसाल र डिला संग्रौलाले

अन्य समाचारहरु